Logo

ग्रान्डी अस्पतालमा ल्याप्रोस्कोपिक सर्जरी प्याकेज, सर्जरीमा २० प्रतिशत छुट

ग्रान्डी अस्पतालमा ल्याप्रोस्कोपिक सर्जरी प्याकेज, सर्जरीमा २० प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले महिला स्वास्थ्य विशेष ल्याप्रोस्कोपिक सर्जरी प्याकेज संचालन गरेको छ । प्याकेज अन्तर्गत यही जून महिनाभर ग्रान्डी अस्पतालमा गरीने गाइनेकोलोजी ल्याप्रोस्कोपिक सर्जरीमा २० प्रतिशत छुटको व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ ।

ल्याप्रोस्कोपिक सर्जरी पेटमा चिरा नलगाई सानो प्वालमात्र बनाई दुरबिन जडित उपकरण भित्र पठाएर गरिने शल्यकृया हो ।

यस प्रविधिबाट पाठेघर निकाल्ने हिस्टेरोक्टोमी, पाठेघरको ट्युमर निकाल्ने मायोमेक्टोमी, अण्डाशयको गोलाहरु निकाल्ने सिस्टेक्टोमी तथा पाठेघरको क्यान्सरको लागि गरिने अप्रेशन रेडिकल हिस्टेरेक्टोमी समेत गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्