Logo

बजारमा लगातार दोहोरो अंकको वृद्धि, कारोबार डेढ अर्ब नजिक

बजारमा लगातार दोहोरो अंकको वृद्धि, कारोबार डेढ अर्ब नजिक



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । बुधबार दोहोरो अंकले बढेको बजार बिहीबार पनि ३२ अंकले बढ्न पुगेको हो ।

बिहीबार बजारमा जलविद्युत लगायतका कम्पनीको सेयर मूल्य उच्च रुपमा बढ्न पुगेको छ । जसमा हिमालयन ऊर्जा र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य बढेर सर्किट हानेको छ ।

बढ्दो बजारमा २०४ कम्पनीका सेयरधनीले कमाएका छन् भने ११ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यसैगरी बढ्दो बजारमा कारोबार रकमले पनि साथ दिएको छ ।

दैनिक ५०।६० करोड रुपैयाँ कारोबारमा झारेको बजार बिहीबार कारोबार रकम बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जसमा सबैभन्दा बढी नेपाल टेलिकमको ८ करोड ६३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL