Logo

बजेटले माग पूरा नगर्दा हस्तकला महासंघ असन्तुष्ट, सार्क हस्तकला केन्द्रलाई पनि सम्बोधन गरेन

बजेटले माग पूरा नगर्दा हस्तकला महासंघ असन्तुष्ट, सार्क हस्तकला केन्द्रलाई पनि सम्बोधन गरेन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी आर्थिक बर्षमा बजेटमा आफुहरुले राखेको माग सम्बोधन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

आन्तरिक तथा विदेशी बजारमा माग बढेका कारण हस्तकलाका वस्तुले नेपालको कूल निर्यात व्यापारमा महत्वपूर्ण स्थान ओगटे पनि यसको व्यवस्थापनका लागि राखिएका माग बजेटमा सम्बोधन नभएको महासंघले बताएको छ । ‘हस्तकला क्षेत्रले करीब १० अर्बको निकासी र सोही अनुपातमा आन्तरिक व्यापारका साथै ११ लाख व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको महासंघको विज्ञप्तिमा भनिएको छ’ ‘साथै, सरकारको गरीबी न्यूनिकरण अभियानमा यस क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह् गरेको छ ।’

तलब तथा सामाजिक सुरक्षा खर्चमा भएको वृद्धिले मूल्य वृद्धिका साथै आयातित वस्तुको माग बढ्ने महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, सार्क स्तरीय हस्तकला विकास केन्द्र स्थापनाका लागि उद्योग मन्त्रालयबाट भवन निर्माणका लागि जग्गा उपलव्ध गराइसकेको र सार्क विकास कोषले यन्त्र तथा उपकरण उपलब्ध गराउने प्रतिवद्धतासमेत भएको अवस्थामा पनि बजेटले सो विषयलाई सम्बोधन नगरेको सङ्घले बताएको छ ।

भूकम्पबाट महत्वपूर्ण पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदामा क्षतिको पुननिर्माण गरी कलाकार, कालीगढ तथा कामदारलाई कार्यस्थलमा फिर्ता ल्याउन परेको कठिनाइका सम्बन्धमा पनि बजेटमा सम्बोधन नभएको गुनासो महासंघको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्