Logo

प्रतितोला ११ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रतितोला ११ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । बुधबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १४ सय ७० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्