Logo

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो, पेट्रोलको यथावत

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो, पेट्रोलको यथावत



काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०(१० रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो । तर, भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ ।

निगमले तोकेको नयाँ मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ । डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १५५ रुपैयाँ र मट्टीतेल पनि १५५ रुपैयाँ पर्ने निगमले जनाएको छ । यसअघि निगमले गत चैत्र २० गते मुल्य समायोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्