Logo

सर्वाेच्चको फैसला : रेशम चौधरीलाई जन्मकैद

सर्वाेच्चको फैसला : रेशम चौधरीलाई जन्मकैद



काठमाडौं । टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने भएको छ । उनलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सर्वाेच्च अदालतले सदर गरेसँगै उनलाई अब जन्मकैद हुने भएको हो ।

सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

२०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटना भएको थियो । त्यसको आरोप रेशम चौधरीलाई लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL