Logo

इन्टरनेट सेवाप्रदायकले मिलेमतोमा बढाए शुल्क, स्वीकृत गराएर मात्रै हेरफेर गर्न प्राधिकरणको निर्देशन

इन्टरनेट सेवाप्रदायकले मिलेमतोमा बढाए शुल्क, स्वीकृत गराएर मात्रै हेरफेर गर्न प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आपसी मिलेमतोमा इन्टरनेट सेवाप्रदायकहरुले शुल्क बढाउने सहमति गरेपछि त्यसो नगर्न निर्देशन दिएको छ । प्राधिकरणले सोमबार एक सूचना सार्वजनिक गर्दै आफुखुसी शुल्क नबढाउन निर्देशन दिएको हो ।

प्राधिकरणले पछिल्लो समय सेवाग्राहीहरुले पनि प्राधिकरणमा इन्टरनेटको शुल्क प्राधिकरणले नै बढाउन निर्देशन दिएका कारण बढाएको भन्दै गुनासो आउने थालेको बताएको छ । इन्टर्नेट सेवा प्रदायकहरुले मिलेमतोमा आफूखुशी इन्टरनेट सेवाको शुल्क÷महशुलदर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरित हुने भएकाले यसो नगर्न प्राधिकरणले निर्देशन दिएको छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृत गराएर मात्रै उक्त शुल्क लागु गर्नुपर्ने प्रावधान छ ।

प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरेपश्चात् मात्र पुनः उक्त महशुल दर लागु हुनुपर्नेमा हाल इन्टरनेट सेवाप्रदायकले आफुखुसी महशुल बढाईरहेका छन् ।
यस्तै प्राधिकरणले कुनै उपभोक्ताहरुलाई स्वीकृत महशुलदर भन्दा बढी शुल्क÷महशुलदर लिने गरी बिल÷बिजक जारी गरिएको भए सो को जानकारी प्राधिकरणलाई उपलब्ध गराउन अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL