Logo

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

यस्तै आज चाँदीको मूल्य भने पछिल्लो ४ दिनदेखि स्थिर छ । नेपाली बजारमा हाल चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्