Logo

अर्घाखाँची सिमेन्टले दियो निर्माण सम्बन्धी तालिम, निर्माणकर्मीलाई नि:शुल्क स्वाथ्य जाँच

अर्घाखाँची सिमेन्टले दियो निर्माण सम्बन्धी तालिम, निर्माणकर्मीलाई नि:शुल्क स्वाथ्य जाँच


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्घाखाँची ओपिसि सिमेन्ट प्रालिले पेप्सीकोला र तिनकुने क्षेत्रका निर्माणकर्मीहरुलाई निर्माण सामाग्रीको सही छनौट र भुकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी विशेष तालिम दिएको छ ।

सोमवार आयोजीत कार्यक्रममा निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ परिक्षण समेत गराएको बताइएको छ । उक्त कार्यक्रममा कम्पनीका इन्जिनियरहरु अभिनय जयसवाल र विकास भट्टराइले तालीम दिएका थिए ।

उद्योगका सिनियर मेनेजर रमेश थापाले उच्च गुणस्तरको सिमेन्ट भएकोले अर्घाखाँची सिमेन्टले छोटो समयमै बजारमा लोकप्रियता हासिल गरेको बताए ।

मैनहीयामा रहेको अर्घाखाँची ओपिसी. सिमेन्ट उद्योगले दैनिक १२ सय मेटिक टन (२४ हजार बोरा सिमेन्ट उत्पादन गरि बजारमा उपलब्ध गराउदै आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL