Logo

चाइना इन्टरनेशनल कार्पेट एक्स्पोमा नेपाल सहभागी हुदै, ७ ओटा स्टल रहने

चाइना इन्टरनेशनल कार्पेट एक्स्पोमा नेपाल सहभागी हुदै, ७ ओटा स्टल रहने


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । चीनमा हुन लागेको २०१६ चाइना इन्टरनेशनल कार्पेट एक्स्पोमा नेपाल गलैंचा निकासीकर्ता संघले भाग लिने भएको छ । संघका ६ वटा सदस्य कम्पनीका एक एक वटा र संघको एक गरी ७ वटा स्टल रहने बताइएको छ ।

सो प्रदर्शनीमा भाग लिन नेपाल गलैंचा निकासीकर्ता संघका अध्यक्ष अनुप बहादुर मल्लको नेतृत्वमा एक प्रतिनिधि मण्डल त्यस तर्फ प्रस्थान गर्दैछ । यस पटकको प्रदर्शनीमा नेपाल सरकार बाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रबाट कार्यकारी निर्देशक इश्वरी प्रसाद घिमिरे पनि सहभागी हुने बताइएको छ ।

नेपाल गलैंचा निकासीकर्ता संघले सिनिङमा आयोजना हुने यस प्रदर्शनीमा बिगत ६ बर्षदेखि भाग लिंदै आएको छ । साथै आफ्नो उत्कृष्ट सहभागिताका लागि आयोजकबाट उत्कृष्ट संस्थको अवार्ड पनि प्राप्त गरिसकेको छ ।

संघका अध्यक्ष मल्लले प्रदर्शनी अबिधिमा आयोजना हुने बिटुबी मिटिङहरुमा नेपालको नेतृत्व गर्ने र छिंगाई प्रान्तीय सरकारका गभर्नर र अन्य बिभिन्न निकायका प्रमुखहरु र चेम्बरका पदाधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम छ ।

छिंगाई प्रान्तको बाणिज्य मन्त्रालय र छिंगाई प्रान्तिय जन सरकारद्धारा संयुक्त रुपमा लगातार रुपमा १२ बर्षसम्म आयोजना भईसकेको यस प्रदर्शनीले बिशेष हस्तनिर्मित गलैंचा प्रदर्शनीका रुपमा देश र देश बाहिर प्रख्याती प्राप्त गरेको छ । यस बर्षको मेलामा चीन लगातयत नेपाल, अफगानिस्तान, पाकिस्तान, भारत, इरान, जर्मनी र टर्कीले भाग लिंदैछन् । प्रदर्शनी जुन २ देखि ६ सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्