Logo

विदेशी मुद्रा संचिति १४ खर्ब पुग्यो, ११ महिनाको वस्तु आयात धान्न सक्ने

विदेशी मुद्रा संचिति १४ खर्ब पुग्यो, ११ महिनाको वस्तु आयात धान्न सक्ने



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनासम्म नेपालसँग ११ महिनाको वस्तु आयात गर्न सकिने वैदेशिक मुद्रा संचिति रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग ११ महिनाको वस्तु र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा संचिति रहेको पाईएको हो ।

हाल बैंकहरुमा १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा संचिति छ । यो गत आवको सोही अवधिको तुलनामा १७.९ प्रतिशतले बढी हो । गत आवको यहि अवधिसम्म नेपालमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा संचिति थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा चैत मसान्तमा २०.६ प्रतिशतले बढेर १२ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा चैत मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ पुगको छ । चालु आवको चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL