Logo

सुनको मूल्य पुनः बढ्यो, चाँदीको मूल्य ५ दिनदेखि स्थिर

सुनको मूल्य पुनः बढ्यो, चाँदीको मूल्य ५ दिनदेखि स्थिर



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य भने गत हप्ताको शुक्रबार यता स्थिर छ । त्यसयता नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्