Logo

आइएमइका अध्यक्ष ढकालद्धारा टर्कीको कार्यक्रममा सम्बोधन, अतीकम विकसित मुलुकका लागि रेमिट्यान्स आवश्यक

आइएमइका अध्यक्ष ढकालद्धारा टर्कीको कार्यक्रममा सम्बोधन, अतीकम विकसित मुलुकका लागि रेमिट्यान्स आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक तथा आइएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकालले टर्कीको अन्ताल्यामा आयोजित कार्यक्रममा सम्बोधन गरेका छन् । उनले इस्तान्बुल प्रोग्राम अफ एक्सनको ‘विकासका लागि संकट तथा चुनौतिहरुमा आर्थिक श्रोतहरुको सदुपयोग’ कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।

अध्यक्ष ढकाललाई अतिकम विकसित राष्ट्रबाट नीजि क्षेत्रको प्रतिनिधित्वका लागि आइतवार आयोजित विशेष समिक्षा कार्यक्रममा अतिथी वक्ताको रुपमा आमन्त्रित गरिएको थियो ।
यसअघी २६ मे २०१६ मा ‘अतीकम विकसीत मुलुकहरुमा लगानिका अवसर’ शिर्षकको एक दिवसिय कार्यक्रममा पनि उनले सहभागिता जनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले, अतिकम विकसित राष्ट्रहरुमा रोजगारीको सिर्जना गर्न, गरिबीको न्यूनीकरण गर्न तथा वस्तु तथा सेवाहरुको सहज आपूर्ति तथा वितरण गर्न र विकासका पूर्वाधारहरुको निर्माणमा सम्भाव्य नयाँ क्षेत्रको पहिचान गरि लगानी विस्तार गर्न नीजि क्षेत्रले विशेष भूमिका खेलिरहेको बताए ।

साथै सार्वजनिक नीजि साझेदारीको माध्यमबाट नेपाललगायत अन्य अतिकम विकसित देशहरुले दिगो आर्थिक बृद्वि हाँसिल गर्न आवश्यक पुँजीगत लगानीको फराकिलो अन्तरलाई न्यूनीकरण गर्न नीजि क्षेत्रलाई एक मुख्य साझेदार अंगको रुपमा हेरिनुपर्ने बताए ।

सो अवसरमा उनले नेपाल जस्ता अतीकम बिकसीत मुलुकहरुमा आर्थिक बिकासका लागि रेमिटेन्स तथा रेमिटेन्सबाट सिर्जित लगानिकोे निकै महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

उक्त एक दिवसीय विशेष समिक्षा कार्यक्रममा सदस्य राष्ट्रका राजदुतहरु लगायत नागरिक समाज, गैर सरकारी संस्था र प्राज्ञिक समुदायले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL