Logo

अर्थमन्त्रीले भने, सिंहदरवारको शक्ति र राष्ट्र बैंकको स्रोतलाई गाउँमा पठाउने गरी बजेट आएको छ

अर्थमन्त्रीले भने, सिंहदरवारको शक्ति र राष्ट्र बैंकको स्रोतलाई गाउँमा पठाउने गरी बजेट आएको छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को बजेट सिंहदरवारको शक्ति र राष्ट्र बैंकको स्रोतलाई स्थानीय स्तरमा पुर्याउने उद्देश्य अनुरुप ल्याइएको बताए । ‘स्रोत र शक्तिलाई केन्द्रमा राखेर देशको आर्थिक विकास सम्भव हुँदैन ,’ बजेटपछिको पत्रकार सम्मेलन कार्यक्रममा उनले भने, ‘तसर्थ यस पटकको बजेट गाउँ केन्द्रित ल्याइएको हो ।’

गाउँको विकास भएमात्र समग्र देश विकास हुने निष्कर्ष निकाल्दै गाविस तथा नगरलाई दिँदै आएको बजेटलाई दोब्बरले बृद्धि गरिएको उनको तर्क थियो । यसैगरी, संविधानको मर्म र भाव अनुसार नै सामाजिक सुरक्षा भत्ता बृद्धि गरिएको समेत उनले जानकारी दिए ।

सरकारले यसपटक अलि ठूलो आकारको बजेट ल्याएपनि स्रोत जुटाउन र खर्च गर्न सक्नेगरी ल्याएको उनले स्पष्ट पारे । औद्योगिकरण, लगानीमा विविधता गरी लोककल्याणकारी राज्य तर्फ उन्मुख हुनेगरी बजेट ल्याएको छ ।

मन्त्री पौडेलका अनुसार आगामी दिनमा राष्ट्रिय गौरवका आयोजनलाई समय सिमा तोकेर काम अघि बढाइने छ । त्यस्ता आयोजनको लागत, समयावधि नवढाई गुणस्तरमा समेत कुनै सम्झौता नगरी कार्यान्वयनमा ल्याइने भएको छ । साथै, आयोजना निर्माण गरेको ५ वर्ष अवधिसम्म सम्बन्धित पक्षले नै रेखदेख गर्नुपर्ने उनको भनाइ छ ।

नेपाली जनतामा लगानी गर्ने इच्छाशक्ति र स्रोत भएकाले घर घरमा विजुली जनजनमा सेयर भन्ने कार्यक्रम अघि ल्याइएको हो । ‘अहिले सामान्य खालका आयोजनमा सेयर खुल्दा २० गुणाभन्दा बढी आवेदन पर्न थालेको छ,’ उनले भने, ‘यो मोडललाई सहज रुपमा अघि बढाउने सकिने छ ।’

हाल सरकारले कृषि क्षेत्रमा ३० अर्ब रुपैयाँ थप आम्दानी हुनेगरी बजेट विनियोजन गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले बताए । ‘खाद्यान्नको मुल्य बढ्दा बजारमा मुल्य बृद्धि हुन जाने हो,’ उनले भने, ‘आगामी वर्ष ३० अर्वको थप कृषि उत्पादन बढ्ने हुँदा मुल्य नियन्त्रण गर्न सहयोग पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL