काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्र ठिक ठाउमा नआउने दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा भाग लिदै अध्यक्ष लिङदेनले सबैभन्दा बढी अनुत्पादक क्षेत्र प्रदेश रहेकोले यसलाई खारेज नगरेसम्म देशको अर्थतन्त्र सहि ठाउमा नआउने टिप्पणी गरे ।
उनले भने, ‘यति ठुलो जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म र प्रदेश खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठिक ठाउँमा आउँदैन । सबैभन्दा अनुत्पादक क्षेत्र यो हो । हामीले अब आँट गरौं, आज यो ठिक भएन भन्ने हरेकको मनमा छ ।’