Logo

व्यवसाय दर्ता तथा नवीकरण सुस्त, राजश्व संकलन घट्यो

व्यवसाय दर्ता तथा नवीकरण सुस्त, राजश्व संकलन घट्यो



काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको संख्यामा सुधार हुन सकेको छैन । जुनसुकै व्यवसाय बिना दर्ता तथा नवीकरण नगरी सञ्चालन गर्न नगरपालिकाले कडाइ गरेको भए पनि नगरभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काम सुस्त देखिएका लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए ।

उनका अनुसार नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्दा दिगो आयस्रोत हुने र यसले राष्ट्रिय राजस्वमा भूमिका खेल्ने भए पनि नगरपालिकाभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काममा सुस्त देखिएका हुन् ।

आर्थिक वर्ष २०७३र०७४ देखि हालसम्म दुई हजार दुई वटा व्यवसाय दर्ता तथा नवीकरण भएकोमा चालु आव २०७९र०८० को वैशाख १८ गतेसम्म एक सय दुई वटा व्यापार, व्यवसाय दर्ता तथा नवीकरण भएका नगरपालिकाको तथ्याङ्कले देखाएको छ । व्यवसाय दर्ता तथा नवीकरणलाई प्रभावकारी बनाउन अहिले नगरपालिकाले काम गरिरहेको भए पनि व्यापारी यसतर्फ सुस्त देखिएको नगरपालिकाले जनाएको छ ।

व्यवसाय दर्ताको संख्या बढाउने, करको दायरामा ल्याउने र राजस्व सङ्कलनमा वृद्धि गर्ने योजना नगरपालिकाले बनाएको छ । तर, घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य सङ्घको झन्झटिलो प्रक्रियाका कारण आफूहरुले दर्ता तथा नवीकरण बिनै सञ्चालन गरिरहेको एक व्यापारीले गुनासो गरे ।

व्यवसाय दर्ता तथा नवीकरणलाई नगरपालिकाले आन्तरिक आयस्रोतको रुपमा प्राथमिकतामा राखेको नगरपालिकाको राजस्व शाखाका प्रमुख भोलाप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार चालु आवको वैशाख १८ गतेसम्ममा रु १७ लाख तीन हजार २० राजस्व सङ्कलन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL