Logo

काठमाडौं र उपमहानगरपालिकामा फोरजी, पत्रकारको उपचारमा ५० प्रतिशत छुट

काठमाडौं र उपमहानगरपालिकामा फोरजी, पत्रकारको उपचारमा ५० प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक काठमाडौं उपत्यका र उपमहानगरपालिका क्षेत्रमा फोरजी सेवा प्रारम्भ गर्ने भएको छ । शनिवार आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

त्यस्तै मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गमा अप्टिकल फाइवर सञ्जाल विस्तार गरी ७२ जिल्ला सदरमुकाममा तीव्र गतिको इनटरनेट सुविधा पुर्याउने सरकारले घोषणा गरेको छ ।

अप्टिकल फाइवर पुर्याउन कठिन हुने दुर्गम क्षेत्रमा माइक्रोवेभ ट्रान्समिशन सेवामार्फत इनटरनेट सुविधा विस्तार गरिने बताइएको छ । ग्रामिण दुरसञ्चार कोष परिचालन गरी माइक्रोवेभ ट्रान्समिशनबाट सामुदायकि क्याम्पस, उच्च मावि तथा माविमा निशुल्क इनटरनेट सुविधा उपलब्ध गराउने छ ।

त्यस्तै पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचार गराउदा लाग्ने खर्चमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । सरकारले सेवालाई र्पुसंरचना गरी स्थानिय निकाय मार्फत सञ्चालन गर्ने बताएको छ ।

सार्वजनिक सेवाका भुक्तानीहरु हुलाकमार्फत हुने र बचत बैंकिङ सेवालाई एविविएस प्रणालीमा लैजाने कार्य अघि बढाइने । फोरजी सेवा प्रारम्भ गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL