Logo

रिलायबल लाइफको दावी भुक्तानी, झापाकी गोमाले पाईन ५ लाख

रिलायबल लाइफको दावी भुक्तानी, झापाकी गोमाले पाईन ५ लाख



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले दमक शाखाबाट ५ लाख रुपैयाँको जीवन वीमा गरेकी गौरादह– ४ झापाकी गोमा श्रेष्ठलाई घातक रोग सुविधा वापत मिती बुधबार ५ लाख रुपैयाँ दावि भुक्तानी गरेको हो ।

उक्त कार्यक्रममा यसै कम्पनीका प्रदेश १ का उपप्रमुख तौफिक अहमद शेखले प्रमुख अथिती उपमेयर जल वर्षा राजवंशी विषेश अथिती वडा अध्यक्ष दुर्गा मणि बस्नेत र वडा सदस्यहरु सुर्य सुब्बा ,तुलसा कंडेल, निर्मला कार्की को उपस्थितिमा वीमितहरुलाई समयमानै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दावी भुक्तानी यथासिघ्र गर्ने कम्पनीको नीति अनुरुप दावी भुक्तानी प्रदान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL