Logo

दुई दिनमै तीन हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

दुई दिनमै तीन हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा दुई दिनमै सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको मंगलबारको तुलनामा बुधबार र बिहीबार गरी दुई दिनमा ३ हजार रुपैयाँले सुनको मूल्य बढेको हो । गएको मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

आज उक्त मूल्य बढेर १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि मंगलबारको तुलनामा ४० रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भईरहेकोमा आज बढेर प्रतितोला १४ सय ४५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्