Logo

निजी क्षेत्रको नजरमा बजेट, हेनुहोस कसले के भने ?

निजी क्षेत्रको नजरमा बजेट, हेनुहोस कसले के भने ?


बिजखबर संवाददाता
0
Shares

निजी क्षेत्रले सरकारले आर्थिक वर्ष २०७३/७४ को लागि ल्याएको बजेट समग्रमा राम्रो भएको बताएको छ । बजेट केही महत्वाकाक्षी भएपनि दिर्घकालिन सोचका साथ ल्याइएकोले राम्रो भएको उनीहरुको धारणा छ ।

pashupati-murarka-fncci

सरकारले आगामी आवको बजेट निजी क्षेत्रले अपेक्षा गरेअनुरुप ल्याएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । नेपालमा पहिलो पटक बजेट वक्तव्य मार्फत नै वार्षिक ४ लाख रोजगारी सिर्जना गर्नु एकदमै स्वागत योग्य कुरा होे । यस अघि सरकारले राजस्वको मात्र लक्ष्य निर्धारण गथ्र्यो तर यस पटक रोजगारीको पनि लक्ष्य लिएको छ । यदि आगामी आवमा ४ लाख रोजगारी सिर्जना गर्ने हो भने देशको औद्योगिक क्षेत्रले फड्को मार्ने छ । यसैगरी, उद्योगलाई डेडिकेटेड फिडरलाईन तथा २ वर्ष भित्र लोडसेडिङ मुक्त बनाउने विषय एकदमै स्वागत योग्य छ । तर, कार्यान्वयको पक्ष राम्रो हुनुपर्ने पर्छ ।

haribhakta-sharma

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यस पटकको बजेट पूर्वाधार विकास र कृषिमा केन्द्रित हुनु एकदमै राम्रो पक्ष भएको बताए । तर, बजेट बढी महत्वाकाक्षी र वितरण मुखी छ । सोही अनुरुप कार्यान्वयन गर्न केही कठिन छ । बजेटमा केही बढी वितरणमुखी भएपनि ठूला आयोजना निर्माण, तथा पूर्वाधार विकास तथा रोजगारीमा केन्द्रित भएकोले राम्रो समग्रमा राम्रो छ । तर, सरकारले यसलाई कसरी कार्यान्वयमा ल्याउछ भन्ने विषयमा भर पर्ने छ ।

Rajesh-Kaji-shrestha

सरकारले आगामी आर्थिक वर्षका लागि बजेटमा सवै क्षेत्रलाइ समेटिएकोले राम्रो भएकाले नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । यो बजेटले कर्मचारी, कृषक, ऊर्जा व्यवसायी, उत्पादनमुलक उद्योगीहरु सवैलाई समेटेको छ । तर, बजेटमा निजी क्षेत्रले दिएका सुझावहरु समेटिए कि समेटिएनन् भन्ने कुरा थाहापाउन करका दरमै हर्नुपर्ने छ । यदि बजेट पूर्ण रुपमा कार्यान्वयनमा आउने हो भने राम्रो छ ।

Upendra Poudel (2)

 

सामाजिक सुरक्षा भत्ता जस्ता आर्थिक कारोवारलाई बैकिङ प्रणालीमा ल्याइनु एकदमै राम्रो भएको नेपाल बैंकर एशोसिएशनका अध्यक्ष उपेन्द्र पौड्यालले बताए । यस अघि पनि बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण जनतासमक्ष वित्तीय पहुँच पुर्याउन विभिन्न कार्यक्रम गर्दै आएको थियो । सरकारको ल्याएको यो व्यवस्थाले थप सहयोग पुगेको छ । तर, शैक्षिक प्रमाणपत्र राखेर र्निव्याजी ऋणमा भने समस्या हुने छ । पहिलो कुरा बैंकले विना व्याज ऋण उपलब्ध गराउने सक्दैन यदि गरायो भने पनि त्यसको ग्यारेन्टी कसले लिने । कुनै पनि व्यक्तिले शैक्षिक प्रमाणपत्र प्राप्त गर्दैमा काम गर्न सक्छ भन्ने पनि होइन । यस विषयमा छुट्टै मापदण्ड आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
MBL