Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव पाण्डे पक्राउ, ठगी गर्ने गिरोहलाई सघाएको पुष्टि

नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव पाण्डे पक्राउ, ठगी गर्ने गिरोहलाई सघाएको पुष्टि



काठमाडौं । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार नियन्त्रणमा लिएको हो ।

आफूमाथि पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जानकारी दिएको छ । गृह मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा उनले ठगी गिरोहलाई सघाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो ।

गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब नौ सय जनालाई ठगी गरेको थियो । जसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL