Logo

बजेटको तयारीमा सरकार, संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस

बजेटको तयारीमा सरकार, संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस



काठमाडौं । सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार बजेट अधिवेशन वैशाख २४ गते ४ बजे बोलाउनका लागि सिफारिस गर्ने निर्णय भएको हो । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL