Logo

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको घोषणा, अफिसियलले पाउने भए ३ लाख

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको घोषणा, अफिसियलले पाउने भए ३ लाख



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली टोलीका खेलाडीलाई पुरष्कारस्वरुप नगद दिने निर्णय गरेको हो । यस्तै राष्ट्रिय टिमका अफिसियलहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार दिने समेत निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL