Logo

अन्तरराष्ट्रिय विमानस्थलका लागि साढे १३ अर्व, लुम्विनी विकास गुरुयोजना २ बर्षभित्र सम्पन्न गर्ने

अन्तरराष्ट्रिय विमानस्थलका लागि साढे १३ अर्व, लुम्विनी विकास गुरुयोजना २ बर्षभित्र सम्पन्न गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/ ७४ को बजेटमा विमानस्थल निर्माणका लागि १३ अर्व ७२ करोड बजेट विनियोजन गरेको छ । त्यसमध्ये भैरहवास्थित गौतमबुद्ध विमानस्थल सरकारको विशेष प्राथमिकतामा परेको देखिन्छ । सो विमानस्थलका लागि ७ अर्व २२ करोड विनियोजन भएको छ ।

शनिवार अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको नयाँ आर्थिक वर्षको बजेटमा भैरहवाका लागि सो वराबरको बजेट विनियोजन गरिएको हो । भैरहवा विमानस्थल आगामी ०७४ माघदेखि सञ्चालनमा ल्याइने बताइएको छ ।

त्यसैगरी पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि ५ अर्व छुट्याइएको छ । अव ४ वर्षमा सम्पन्न गर्ने घोषणा गर्दै ५ अर्ब बजेट छुट्याइएको छ ।

अर्थमन्त्रीले निजगढ विमानस्थल निर्माणका लागि १ अर्ब ५० करोड छुट्याएका छन् । सरकारले लुम्बिनीमा पर्यटकीय विकास गर्नका लागि वृहत लुम्बिनी विकास गुरुयोजना अगाडि बढाउने भएको छ ।

बुद्धसँग जोडिएका कपिलवस्तुको तिलौराकोट र रामग्रामको विकास गरिने भएको छ । पर्यटकको सुरक्षाका लागि सगरमाथा, अन्नपूर्ण र रोल्वालिङमा एकीकृत उद्दार केन्द्र बनाइने छ ।

कुसे, मुसे र च्याखुरेको एकीकृत पर्यटकीय विकास गरिने बजेटका उल्लेख छ । त्यस्तै, कृतिपुरमा राष्ट्रिय सांस्कृतिक संग्राहलय निर्माण गरिने भएको छ ।

नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्राउन आवश्यक काम अगाडि बढाइने भएको छ । छिट्टै २ वटा वाइड बडी विमान किनेर लामो दूरीको गन्तव्यमा उडान गर्न सरकारले बजेटमा प्राथमिकता दिएको छ ।

लुम्विनी विकास गुरुयोजनाका (केन्जु टागे) आगामी २ बर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । सरकारले २०७३ लाई आन्तरिक भ्रमण बर्षका रुपमा मनाउने तथा २०१८ लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउन आवश्यक तयारी गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL