Logo

जीडीपीमा कृषि क्षेत्रको योगदान घट्ने, पर्यटनमा उत्साहका कारण होटलको बढ्ने

जीडीपीमा कृषि क्षेत्रको योगदान घट्ने, पर्यटनमा उत्साहका कारण होटलको बढ्ने



काठमाडौं । चालु आर्थिक बर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान घट्ने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको अनुमानित तथ्यांक अनुसार चालु आवको अन्तिमसम्म जीडीपीमा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत पुग्ने बताईएको छ । गत आवमा कृषि क्षेत्रको योगदान २४.६७ प्रतिशत थियो ।

यस्तै यसपल्ट यस क्षेत्रको कुल मूल्य अभिवृद्धि बार्षिक वृद्धिदर २.७३ प्रतिशत हुने प्रक्षेपण कार्यालयले गरेको छ । चालु आवमो धानलगायत बर्षे बालीको उत्पादनमा केहि वृद्धि भएपनि हिउँदे बालीसँगै दूध, अण्डा तथा मासुको उत्पादनमा आएको सामान्य गिरावटले जीडीपीमा यसको योगदानमा नै यसको असर पर्ने कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

कार्यालयका अनुसार यो बर्ष कुल गार्हस्थ उत्पादनमा १.९८ प्रतिशत योगदान दिने आवास तथा भोजन सेवाको कुल मूल्य अभिवृद्धि भने १८.५६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यो बर्ष विदेशी पर्यटकहरुको आगमनमा उल्लेख्य वृद्धि तथा आन्तरिक पर्यटनमा भएको उल्लेख्य सुधारको कारणले यस क्षेत्रको मूल्य अभिवृद्धिदरमा सकारात्मक प्रभाव परेको देखिएको छ । यस्तै कार्यालयले यातायात तथा भण्डारण क्षेत्रको मूल्य अभिवृद्धि १.१४, सूचना तथा संचार क्षेत्रको ४.०७, घरजग्गा कारोबार सेवाको २.१७ उर्जा क्षेत्रको १९.३६ प्रतिशत र स्वास्थ्य तथा सामाजिक कार्यको ६.५१ प्रतिशतले वृद्धि हुने बताईएको छ ।

यस्तै यसै अवधिमा नेपालको जीडीपीमा थोक तथा खुद्रा व्यापार, गाडि तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रले १५.३९ प्रतिशत योगदान दिने बताईएको छ । यस्तै शिक्षा क्षेत्रले ८.२२, सार्वजनिक प्रशासन र रक्षा क्षेत्रले ८.१५, घरजग्गा कारोबार सेवाले ८.३७ र यातायात तथा भण्डारण क्षेत्रले ६.७९ प्रतिशत योगदान दिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्