Logo

सामाजिक सुरक्षा भत्ता र गाविसलाई दिने अनुदान दोब्बरले बढ्यो

सामाजिक सुरक्षा भत्ता र गाविसलाई दिने अनुदान दोब्बरले बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले गाउँ विकास समितिलाई दिँदै आएको अनुदानलाई दोब्बरले बृद्धि गरेको छ । २०५१ सालमा एमालेले ल्याएको आफ्नो गाउँ आफै बनाउन भन्ने नारालाई सार्थकता दिन सरकारले उक्त बजेटलाई दोब्बरले बढाएको छ ।

त्यसरी बजेट विनियोजन गर्दा गाउँ–गाउँमा पूर्वाधार विकास गर्न सहयोग पुगेको भन्दै सरकारले उक्त रकमलाई दोब्बरले बढाएको हो । आगामी दिनमा एउटा गाविसले न्युनतम ५० लाख रुपैयाँभन्दा बढी रकम पाउने छ ।

यसैगरी, सरकारले आगामी आवको बजेट वक्तव्य मार्फत एकल महिला, बृद्धबृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई दिँदै आएको भक्तालाई पनि दोब्बरले बृद्धि गरेको छ । जसको लागि सरकारले ३२ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL