Logo

एक वर्षमा नेपालीको आम्दानी २७ डलरले बढ्यो, वार्षिक प्रतिव्यक्ति कमाई १,८२,६८३ पुग्यो

एक वर्षमा नेपालीको आम्दानी २७ डलरले बढ्यो, वार्षिक प्रतिव्यक्ति कमाई १,८२,६८३ पुग्यो



काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय बढेर १ हजार ३९९ डलर पुगेको छ । गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ३७२ रहेकोमा चालू आर्थिक वर्षमा २७ डलरले बढेर १ हजार ३९९ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जानकारी दिएको छ ।

नेपाली मुल्यमा भने नेपालीको वार्षिक प्रतिव्यक्ति आय १ लाख ८२ हजार ६८३ रुपैयाँ पुगेको छ । गत वर्ष नेपाली मुल्यमा एक नेपालको प्रतिव्यक्ति आय १ लाख ६७ हजार रुपैयाँ रहेको थियो । पछिल्लो समय डलरको मुल्य बढ्दा नेपाली मुल्यमा प्रतिव्यक्ति आय बढी देखिन पुगेको हो ।

प्रतिव्यक्ति आयलाई कुनै पनि देशको नागरिकको औसत समृद्धिको मापकका रूपमा हेर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL