Logo

नेपालको कुल ग्रार्हस्थ्य उत्पादन २.१६ प्रतिशतले बढ्ने प्रक्षेपण, जीडीपीको आकार ४६ खर्ब ९६ अर्ब पुग्ने

नेपालको कुल ग्रार्हस्थ्य उत्पादन २.१६ प्रतिशतले बढ्ने प्रक्षेपण, जीडीपीको आकार ४६ खर्ब ९६ अर्ब पुग्ने



काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७९।८० मा नेपालको कुल ग्रार्हस्थ्य उत्पादन आधारभुत मूल्यमा २।१६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । आज केन्द्रीय तथ्यांक विभागले हालसम्मको तथ्यांक सार्वजनिक गर्दै चालू आवमा उक्त आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । यसैगरी विभागले उपभोक्ता मूल्यमा भने १.८६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा नेपालको जीडीपीको आकार बढेर आधारभुत मूल्यमा ४६ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने भएको छ । तर चालू मुल्य अनुसार जीडीपी उपभोक्ता मूल्यमा भने ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

कुल ग्रार्हस्थ्य उत्पादनमा पुँजी निर्माण २५.२१ प्रतिशत अर्थात १३ खर्ब ५६ अर्ब रुपैयाँ हुने छ भने उपभोग खर्च ९३.५९ प्रतिशत आर्थत ५० खर्ब ३६ अर्ब रहनेछ । यसैगरी कुल ग्रार्हस्थ उत्पादनको ३६.५ प्रतिशत अर्थात १९ खर्ब ६४ अर्ब रुपैयाँ बरावरको वस्तु तथा सेवा आयात हुँदा ७.१६ प्रतिशत अर्थात ३ खर्ब ८५ अर्ब रुपैयाँको मात्र वस्तु तथा सेवा निर्यात हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL