Logo

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य २ सय रूपैयाँले घटेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL