Logo

बादलका सल्लाहकार राई पक्राउ, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न

बादलका सल्लाहकार राई पक्राउ, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न



काठमाडौं । पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो ।

राई थापा गृहमन्त्री हुँदा उनको सुरक्षा सल्लाहकार रहेका थिए । राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको समाचार प्रकाशित भएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा यसअघि प्रहरीले अरू पाँच जनालाई पक्राउ गरिसकेको छ । यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेका थिए । राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL