Logo

महावीर पुन र सरकारबीच सहमति, अब विकास बजेटको एक प्रतिशत बजेट आविष्कारमा

महावीर पुन र सरकारबीच सहमति, अब विकास बजेटको एक प्रतिशत बजेट आविष्कारमा



काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सहमति भएको छ । पछिल्ला केहिदिनदेखि विभिन्न मागहरु राखेर धर्नामा बसेका महावीर पुनसँग सोमबार सरकारले सात बुँदे सहमति गरेको हो ।

सहमति अनुसार अब सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको १ प्रतिशत रकम छुट्याउने भएको छ । यस्तै यस्ता कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने, कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने , संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्नेलगायतको सहमति भएको छ ।

सहमतिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL