Logo

लगानीकर्ता संघसंस्थाको अर्थमन्त्रीसमक्ष आग्रह : १२ करोडको सीमा र जोखिम भारित हटाउनु, लाभकर घटाउनु

लगानीकर्ता संघसंस्थाको अर्थमन्त्रीसमक्ष आग्रह : १२ करोडको सीमा र जोखिम भारित हटाउनु, लाभकर घटाउनु



काठमाडौं । सेयर बजार सम्बन्धी लगानीकर्ता संघसंस्थाले अर्थमन्त्री समक्ष पुँजी बजार सुधार सम्बन्धी ज्ञापनपत्र बुझाएका छन् । सोमबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुले अर्थमन्त्री डा। प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

विशेषगरी उनीहरुले सेयर धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने, सेयर धितो कर्जामा लागू गरिएको १५० प्रतिशत जोखिम भारित औसतलाइ १०० प्रतिशत नै कायम गर्नुपर्ने, अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । यस्तै बैंक ब्याजदरलाई पुनरावलोकन गरी एकल अंकमा कायम गरिनुपर्ने, तरलता समस्याको समाधान गर्न विशेष पहल गर्नुपर्नेजस्ता माग राखेका छन् ।

यस्तै खुला रुपमा मापदण्ड पुरा गरेकालाई नयाँ ब्रोकर लाइसेन्स दिनुपर्ने, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्काल कार्यान्वयनमा लैजानुपर्ने जस्ता माग अर्थमन्त्री महत समक्ष राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL