Logo

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आईतबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९ हजार रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आईतबार नेपाली बजारमा प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्