Logo

बजेट स्वीकृतिका लागि पौने ३ मा मन्त्रिपरिषद् बस्दै, ४ बजे संसदमा पेश

बजेट स्वीकृतिका लागि पौने ३ मा मन्त्रिपरिषद् बस्दै, ४ बजे संसदमा पेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पौने ३ बजे बस्ने मन्त्रपरिषद् बैठकमा बजेटको बारेमा व्रिफिङ् गराउने भएका छन् । संसदमा बजेट पेश गराउनु भन्दा पहिला मन्त्रिपरिषद्मा जानकारी गराउने चलन अनुसार पौने ३ बजे मन्त्रिपरिषद्को बैंठक बस्न लागेको हो ।

बजेटका सम्बन्धमा हाल राष्ट्रिय योजना आयोगमा छलफल भइरहेको र साढे १ बजे राष्ट्रपति कार्यालयमा चियापान कार्यक्रम रहेको अर्थमन्त्रीका स्वीकय सचिव यम पाण्डेले जानकारी दिए ।

मन्त्रिपरिषदमा व्रिफिङ गराएसँगै बजट बुकलाई व्रिफकेशमा राखी रिवनले बाधेर सोही स्थानमाबाट बजेट प्रस्तुतका लागि अर्थमन्त्री सहित अन्य मन्त्रीहरु साझै संसद भवन वानेश्वर जाने छन् । सरकारले यस वर्ष १० खर्ब ३२ अर्ब रुपैयाँ बजेट ल्याउने तयारी गरेपनि केही बढेको स्रोतको दावी छ । ‘बजेट १० खर्ब ५० अर्ब रुपैयाँभन्दा तलको छ,’ अर्थ स्रोतले भन्यो, ‘तर, ठ्याक्कै अंकको वारेमा जानकारी छैन ।’

बजेटका सम्बन्धमा अघिल्ला दिनमा विभिन्न छलफल भएपनि रातभरीमा फाइनल गएिको हो । बजेट निर्माणका लागि अर्थ मन्त्री सहितका कोर टिम विहान पौने ६ बजेसम्म बसेर फाइनल गरेका थिए । बजेट निर्माणका लागि अर्थमन्त्री सहितका टिम रातभर मन्त्रालयमै बसेका थिए ।

सरकारले यो वर्षको बजेटमा एक प्रदेश एक जलाशय विद्युत आयोजना, एक घर एक रोजगारी, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, बीमालाई विशेष प्राथमिकता, किसान पेन्सनजस्ता महत्वाकाक्षी योजना ल्याउने भएको छ । यसैगरी, बुढीगण्डकी निजगढन विमानस्थल, तराइ मधेश फास्ट ट्रयाक स्वदेशी पूँजीमा बनाउने गरी यो बजेटले सम्बोधन गर्ने भएको छ । जसमध्ये केही विषय राष्ट्रपति विद्या भण्डारीको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको थियो । बजेटले भुकम्प पछिको पुननिर्माणलाई पनि उच्च प्राथमिकता दिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्