Logo

राष्ट्रपति पौडेल भारतमा स्वास्थ्योपचारपछि स्वदेश फिर्ता, स्वास्थ्यमा सुधार आएको दाबी

राष्ट्रपति पौडेल भारतमा स्वास्थ्योपचारपछि स्वदेश फिर्ता, स्वास्थ्यमा सुधार आएको दाबी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन् । उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएकोे राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए । उपचारपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL