Logo

१० खर्ब ३२ अर्वको बजेट आज, ५ खर्ब २५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य

१० खर्ब ३२ अर्वको बजेट आज, ५ खर्ब २५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७३र७४ का लागि १० खर्ब भन्दा माथिको बजेट ल्याउदै छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार अपरान्ह ४ बजे बजेट वक्तव्य दिने कार्यक्रम छ । अर्थमन्त्रालय स्रोतका अनुसार बजेटको आकार १० खर्ब ३२ अर्वको रुपैयाँभन्दा बढीको हुनेछ । तर १० खर्व ६० अर्व सम्म पुग्न सक्ने स्रोतले जानकारी दिएको छ ।

चालु आर्थिक बर्षमा सरकारले ८ खर्व ९ अर्वको बजेट ल्याएको थियो । आगामी आवका लागि सरकारले ल्याउन लागेको बजेट चालुको तुलनामा करिब २ खर्बले बढी हो ।

सरकारले यसपटको बजेटमा बृद्धा भत्तालाई उल्लेख्य बृद्धि गर्ने भएको छ । सरकारले वृद्धभत्ता बढाउनेदेखि सामाजिक सुरक्षाको क्षेत्रमा बजेट बढाउने तयारीगरेको छ । त्यस्तै सांसद विकास कोषको रकम बढाउने तयारीसमेत सरकारले गरेको छ ।

सरकारले यो वर्षको बजेटमा एक प्रदेश एक जलाशय विद्युत आयोजना, एक घर एक रोजगारी, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, बीमालाई विशेष प्राथमिकता, किसान पेन्सनजस्ता महत्वाकाक्षी योजना ल्याउने भएको छ । त्यसैगरी, बुढीगण्डकी निजगढ विमानस्थल, तराइ मधेश फास्ट ट्रयाक स्वदेशी पूँजीमा बनाउने गरी यो बजेटले सम्बोधन गर्ने भएको छ ।

बजेटमा ५ खर्व देखि ५ खर्ब २५ अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य लिइएको छ । जसको लागि करको दायर बृद्धिका साथै कतिपय क्षेत्रमा कर बृद्धि गर्न लागिएको छ । मन्त्रालयले सेयर कारोवारमा कर बृद्धि गर्नुका साथै मुल्य अभिबृद्धि कर (भ्याट) समेत लगाउने भएको छ । राजस्व, वैदेशिक ऋण तथा अघिल्लो वर्षको बजेटबाट तान्दा नपुग रकममा भने आन्तरिक ऋण उठाउने तयारी भैरहेको छ ।

यसअघि विनियोजन गरिएको रकम खर्च गर्न नसकेर आलोचना खेपिइरहेको सरकारले एकै वर्षमा २७ प्रतिशतले बजेट अंक बढाउन लागेको हो । बजेटका विषयमा विपक्षी नेपाली कांग्रेसका नेताहरुले सुरुदेखि नै आलोचना गर्दै आएका छन् ।

योजना आयोगले तोकेको सिलिङभन्दा बढी बजेट ल्याएर लोकप्रिय कार्यक्रम मार्फत आगामी चुनावलाई प्रभाव पार्न खोजिएको भन्दै कांग्रेस नेताहरुले आलोचना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्