Logo

नेपालको स्वास्थ्य क्षेत्रमा विश्व बैंकको १३ अर्ब १२ करोड सहयोग, दुईवटा प्रदेशमा खर्च गरिने

नेपालको स्वास्थ्य क्षेत्रमा विश्व बैंकको १३ अर्ब १२ करोड सहयोग, दुईवटा प्रदेशमा खर्च गरिने



काठमाडौं । विश्व बैंकले नेपालका लागि भन्दै १० करोड डलर (हालको विनिमय दर अनुसार १३ अर्ब १२ करोड रुपैयाँ) वित्तीय सहयोग स्वीकृत गरेको छ । नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम अन्तर्गत विश्व बैंकका कार्यकारी निर्देशकहरुको बोर्ड बैठकले उक्त सहयोग स्वीकृत गरेको हो ।

उक्त कार्यक्रममार्फत कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य बीमाको विस्तार गर्ने, स्वस्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने र स्वास्थ्य प्रणालीको क्षमता विस्तारमा सहयोग पुर्याउनेछ । ‘स्वास्थ्य क्षेत्रमा लगानी प्राथमिकतामार्फत नेपालले उत्पादकत्व, आर्थिक वृद्धि तथा स्वास्थ्य प्रणाली विस्तारमा फड्को मार्नेछ,’ नेपाल श्रीलंका र माल्दिभ्सका लागि देशिय निर्देशक फरिस हदाद जर्भसले भने, ‘विश्व बैंकको सहयोगले नेपालको कोर होल्थ सिस्टमलाई अझै मजबुत तुल्याउन सहयोग गर्नेछ ।’

कार्यक्रम कार्यान्वयनको जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा स्वास्थ्य बीमा बोर्डले गर्नेछ । बोर्डले यो कार्यक्रम दुई स्थानीय निकायका स्थानीय र प्रदेशसँगै केन्द्रिय सरकारसम्म पनि कार्यक्रमको प्रभावकारितासम्बन्धी कार्य विस्तार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL