Logo

अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, विकासका लागि ८० अर्ब उपलब्ध गराउने चीनको घोषणा

अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, विकासका लागि ८० अर्ब उपलब्ध गराउने चीनको घोषणा



काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । सो भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको छ । त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको छ । चिनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्र्याउने विषयमा पनि छलफल भयो ।

मन्त्री डा. महतले चिनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताए। भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधार विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराएका छन् । चिन सरकारले उपलब्ध गराउने सहयोग रकमको पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने विश्वास राजदूत सोङले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL