Logo

१० बिषयक संसदीय समिति गठन, कुन समितिमा को ?

१० बिषयक संसदीय समिति गठन, कुन समितिमा को ?



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत विभिन्न बिषयमा संसदीय विषयगत समिति गठन भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नामसहित संसदमा प्रस्तुत गरेका हुन् । जसअनुसार अर्थ समितिमा जुली कुमारी महतो, मेटमणी चौधरी, विनोद चौधरी, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठलगायतका सदस्यहरु समावेश भएका छन् ।

यसैगरी संसदमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिमा आवद्ध सांसदहरुको पनि नामावली संसदमा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्