Logo

गार्डियन माइक्रो लाइफको सीईओमा चिरायु भण्डारी नियुक्त, यस्तो छ अनुभव

गार्डियन माइक्रो लाइफको सीईओमा चिरायु भण्डारी नियुक्त, यस्तो छ अनुभव



काठमाडौं । बीमा प्राधिकरणबाट स्वीकृति पाएका नयाँ लघुबीमा कम्पनी गार्डियन माइक्रो लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चिरायु भण्डारी नियुक्ति भएका छन् । प्राधिकरणलले स्वीकृति दिएसँगै उनलाई कम्पनीको सीईओ नियुक्त गरिएको हो । उनले अबको ४ बर्ष उक्त कम्पनीको सीईओ भएर काम गर्ने भएका छन् ।

यसअघि भण्डारी नेपाल पुनर्बीमा कम्पनीको पहिलो सीईओ बनेका थिए । त्यसपश्चात प्राइम लाइफको डेपुटी सीईओ बनेका उनले बीमा क्षेत्रमा झण्डै ४ दशकको अनुभव बटुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL