Logo

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घट्दै प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १४ सय १० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्