काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) का अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङ अष्ट्रेलियाको धनीको सूचीमा १ सय ५ स्थानमा परेका छन् । यस बर्ष उनको स्थान गत बर्षको तुलनामा खस्किएको हो । गत वर्ष घले दम्पत्ती १ सय औं स्थानमा थिए ।
घले दम्पत्तिसँग हाल ५ सय ८६ मिलियन अष्ट्रेलियन डलर छ । आर्थात नेपाली ४५ अर्ब १२ करोड रुपैयाँ बरारबको सम्पत्ति छ । गत वर्षसम्म उनीहरुसँग ५ सय २८ मिलियन डलर अर्थात नेपाली ४० अर्ब ६५ करोड रुपैयाँ बराबरको सम्पत्ति थियो । उनीहरुको सम्पत्ती भने गत बर्षको भन्दा बढेको छ ।
अष्ट्रेलियाको फाइनान्सियल रिभ्युले सार्वजनिक गरेको धनीको सूचीमा उनीहरु परेका हुन् । घले दम्पतिले मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी सञ्चालन गर्दै आएका छन् । त्यस्तै उनीहरुको लगानी घरजग्गा र होटल व्यवसायमा पनि छ ।
हालु उनीहरुले युरोप र नेपालको होटल व्यवसायमा उनीहरुले लगानी गरिरहेको फाइनान्सियल रिभ्युमा उल्लेख छ ।