शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको छापावाल सुन आज ६ सयले घटेर ५४ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
सो दिन चाँदीमा पनि सामन्य कमी आएको छ । शुक्रवार चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर ७ सय ७० रुपैयाँ भएको छ ।
बिहिबार प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।