Logo

बालाजुस्थित घरको सटरमा सञ्चालित पेट्रोल पम्प महानगरद्धारा सिल

बालाजुस्थित घरको सटरमा सञ्चालित पेट्रोल पम्प महानगरद्धारा सिल



काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ । महानगरको नगर प्रहरीले आज ९बिहीबार० बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्प सिल गरेको हो ।

मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्पमा सिल गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो ।

जसको कारण पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने गरेको थियो । अदालतको स्टे अर्डर हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्