Logo

जोनसन एन्ड जोनसनको बेबी पाउडर विक्री वितरणमा रोक, मानव स्वास्थ्मा असर पुर्याउने

जोनसन एन्ड जोनसनको बेबी पाउडर विक्री वितरणमा रोक, मानव स्वास्थ्मा असर पुर्याउने



काठमाडौं । वाणिज्य विभागले जोनसन एण्ड जोनसनको बेबी पाउडर विक्री वितरणमा रोक लगाएको छ । पछिल्लो समय उक्त कम्पनीको बेबी पाउडरमा तोकिएकोभन्दा बढी पीएच भ्यालु भएको गुनासोमाथि अनुसन्धान गरिरहेकाले यसको विक्री वितरणमा विभागले रोक लगाएको हो । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एक सूचना जारी गर्दै अनुसन्धानसम्मका लागि यसको विक्री वितरणमा रोक लगाएको छ ।

पछिल्लो समय उक्त कम्पनीको बेबी पाउडरले मानव स्वास्थ्यमा असर पार्ने भन्दै विभिन्न संचारमाध्यमले समाचार प्रकाशन गरेका थिए । त्यसपश्चात भारतको बम्बे कोर्टले पनि यसको बेबी पाउडरमा पीएच भ्यालु बढी भएकाले यसले मानव स्वास्थ्यमा असर पार्ने भन्दै विक्री वितरणमा रोक लगाउनुका साथै बजारमा पठाएको पाउडर पनि फिर्ता ल्याउन आदेश दिएको छ । यता नेपालको वाणिज्य विभागले भने यसमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL