Logo

प्रतिव्यक्ति आय ८० हजार ९ सय पुग्यो, गत आव भन्दा बढी ४ दशमलव ६ प्रतिशतले बढी

प्रतिव्यक्ति आय ८० हजार ९ सय पुग्यो, गत आव भन्दा बढी ४ दशमलव ६ प्रतिशतले बढी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०७२र७३ मा आम नेपालीको औसत प्रतिव्यक्ति आय (जीएनपी) ४ दशमलव ६ प्रतिशतले बढेको छ । प्रतिव्यक्ति आय बढेर रू.८० हजार ९ सय २१ पुगेको हो । गत आव २०७१र७२ मा आय रू.७७ हजार ७९ रहेको थियो ।

विहीवार सार्वजनिक आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो उच्च मुद्रास्फीतिका कारण प्रचलित मूल्यको प्रतिव्यक्ति आय बढेको बताइएको छ । गत वर्षको तुलनामा रू.३ हजार ८ सय ४२ ले बढेको हो ।

अमेरिकी डलरमा मापन गरिने प्रतिव्यक्ति आय भने गत आवको तुलनामा ९ डलरले घटेर ७ सय ६६ अमेरिकी डलरमा झरेको छ ।

यस्तो आय गत आवका ७ सय ७५ अमेरिकी डलर थियो । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूूल्यन भएका कारण अमेरिकी डलरमा प्रतिव्यक्ति आय घट्न गएको हो ।

प्रतिक्रिया दिनुहोस्