Logo

भारतमा कोरोनाका बिरामी बढे, एकैदिन ४० प्रतिशत बिरामी थपिए

भारतमा कोरोनाका बिरामी बढे, एकैदिन ४० प्रतिशत बिरामी थपिए



काठमाडौं । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार ९ हजार ६ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् । मङ्गलबार ६ हजार ९ सय ३४ जना सङ्क्रमित थपिएका थिएभने सोमबार ६ हजार ३ सय जना बिरामी फेला परेका थिए ।

हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन भने ४ करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्