Logo

नेपाललाई अन्तरराष्ट्रिय ‘सुटिङ हब’ बनाउने, दोलखाको दाँदरदेवी बनको मूल्यांकन हुँदै

नेपाललाई अन्तरराष्ट्रिय ‘सुटिङ हब’ बनाउने, दोलखाको दाँदरदेवी बनको मूल्यांकन हुँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले नेपाललाई अन्तरराष्ट्रिय चलचित्र केन्द्रको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार व्यवस्थापिका संसदमा पेश गरेको आर्थिक सर्वेक्षण २०७२र७३ मा नेपाललाई अन्तर्रा्ष्ट्रिय चलचित्र ‘सुटिङ हब’ बनाउने योजना अघि सारिएको हो ।

जसअनुसार दोलखाको लाँकुरी डाँडा गाविसको वडा वम्बर ८ र ९ स्थित दाँदरदेवी सामुदायिक बनको करिब ७६ हेक्टर क्षेत्रलाई चलचित्र नगरीको रूपमा विकास गर्न वावतरण मूल्यांकन भइरहेको बताइएको छ ।

त्यस्तै चलचित्र क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई पुरस्कृत गर्दै जाने सर्वेक्षणमा उल्लेख छ । चलचित्र क्षेत्रको विकासका लागि थप अध्ययन तथा अनुसन्धान गर्दै जाने प्रतिबद्धता सर्वेक्ष्णमा छ ।

त्यस्तै स्तरीय चलचित्र निर्माण र प्रदर्शनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताइएको छ ।

चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा ७३ वटा नेपाली कथानक चलचित्रले निर्माणका लागि इजाजत लिएका थिए । चलचित्र निर्माणसम्बन्धि १० वटा उद्योगलाई दर्ताका लागि सिफारिस गरिएको सर्वेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्