Logo

निर्जीवन बीमा कम्पनीले ९ महिनामा उठाए ३० अर्ब बीमाशुल्क, कसले कति कमाए ?

निर्जीवन बीमा कम्पनीले ९ महिनामा उठाए ३० अर्ब बीमाशुल्क, कसले कति कमाए ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्षको पछिल्लो ९ (साउनदेखि चैतसम्म) महिनामा ३० अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा संचालित १६ निर्जीवन बीमा कम्पनीहरुले ९ महिनामा २१ लाख ६६ हजार ३ सय २८ बीमालेख विक्री गरेर ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

यीमध्ये यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले पछिल्लो ९ महिनामा २० लाख ३ हजार ३ सय १ बीमालेख विक्री गरेर ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । यस्तै यसै अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले ३ अर्ब ४८ करोड १३, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३५ करोड २५ लाख, नेको इन्स्यारेन्सले २ अर्ब २६ करोड ३१ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै क्रमश? दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी बनेका छन् ।

तथ्यांक अनुसार गत साउनदेखि चैत मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा एनएलजी इन्स्यारेन्सले १ अर्ब ८१ करोड १२ लाख, सानिमा जिआइसी इन्स्यारेन्सले १ अर्ब ६५ करोड ४६ लाख र अजोड इन्स्यारेन्स कम्पनीले १ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै आईएमई जनरल इन्स्योरेन्सले १ अर्ब ४२ करोड २२ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब १५ करोड ४९ लाख र नेपाल इन्स्यारेन्सले १ अर्ब १५ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै यसै अवधिमा ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ७ करोड ३९ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ४ करोड ५१ लाख, युनाइटेड इन्स्योरेन्सले ९५ करोड ३२ लाख र नेशनल इन्स्योरेन्सले ७६ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार गएको चैत महिनामा मात्रै १६ निर्जीवन बीमा कम्पनीहरुले २ लाख ८९ हजार ८ सय ८३ बीमालेख विक्री गरेर ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्