Logo

रविले उपनिर्वाचनमा जितेकै दिन रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

रविले उपनिर्वाचनमा जितेकै दिन रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ड। ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निस्कासन गरिएको सूचना संसद्मा जानकारी गराइने भएको छ ।

सभामुख देवराज घिमिरेले उक्त सूचना जानकारी गराउने कार्यसूचीमा राखिएको छ । मन्त्री बन्न २ करोड रुपैंयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो ।

सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति रवि लामिछाने निकटस्थहरुलाई २ करोड बुझाउनुपर्ने बताएका थिए । त्यसका लागि उक्त रकम माग गरेको अडियोमा सुनिन्छ ।

उक्त अडियो श्रेष्ठकै रहेको छानविनबाट थाहा लागेपछि रास्वपाले पार्टी र सांसदबाट निस्कासन गरेको जानकारी संसद् सचिवालयलाई गराएको थियो । श्रेष्ठका ठाउँमा विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय रास्वपाले गरिसकेको छ ।

यता रास्वपाका पार्टी सभापति रवि लामिछाने चितवनबाट पुनः प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL